भ्रमण वर्ष सफल पार्न ठोस योजनाका साथ अगाडि बढ्नुपर्छ –मन्त्री नेपाल

हेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले भ्रमण वर्ष सफल पार्न सरोकारवालाहरु सबैले ठोस योजनाका साथ अगाडि बढ्नुपने वताउनुभएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) द्वारा आयोजित हाइकिङ कार्यक्रमको आज काठमाण्डौमा आयोजित शुभारम्भ कार्यक्रमको अवसरमा बोल्दै मन्त्री नेपालले पर्यटन क्षेत्र हाम्रो देशको समृद्धि भएको वताउनुभयो । उहाँले भन्नुभयो– पर्यटनका लागि महत्वपूर्ण यस क्षेत्र हो । यसैलाइ केन्द्र भागमा राखेर प्रदेश सरकारले योजनाहरु अगाडि सारेको छ । यहि कंकाली डाँडामा भ्यूटावर निर्माण गर्न गत वर्ष हामिले ५० लाख बजेटको व्यवस्था गर्यौँ । यस्ता धेरै योजनाहरु हामिले सफल गरिसकेका छौँ ।’
टानले आज जुन हाइकिङ कार्यक्रमको आयोजना गरेकाले यस्ता कार्यक्रमहरुले हाम्रा क्षेत्रमा रहेका प्राकृतिक सौन्दर्यतालाइ अन्तर्रा्ष्ट्रिय जगतमा प्रचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताउनुभयो । टानले यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिनुपर्ने उहाँको भनाई छ । यसका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको वताउनुभयो ।
त्यसैगरी मन्त्री नेपालले ३ नं. प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५ र ०७६ मा ५० लाख बजेट बिनियोजन गरि निर्माणाधिन अवस्थामा रहेको भ्यू टावरको अवलोकन गर्नुभएको छ ।