वीस लाख भन्दा माथि पर्यटकहरु भित्राउने योजनामा सरकार छ–मन्त्री नेपाल

जनपत्र
११ आश्विन २०७६, शनिबार २१:०५

हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले २० लाखभन्दा माथि पर्यटकहरु भित्राउने योजनाका साथ सरकारले विभिन्न कार्यक्रमहरु तय गरेको वताउनुभएको छ । उहाँले भ्रमण वर्ष २०२० हाम्रो नजिक आएकाले यसको लागि सरकार लागि परेको वताउनुभयो ।

फास्टफुड एसोसियसन नेपालको १५औँ साधारण सभाको आज बुद्धनगर, काठमाण्डौमा उद्घाटन गर्दै उहाँले भन्नुभयो–‘पर्यटक भित्र्याउने मात्र हैन, पर्यटन जनतासँग जोडिनुपर्छ, जनताको समृद्धिमा पर्यटनले योगदान पुर्याउन सक्नुपर्छ, । झोलामा सातु बोकेर आउने पर्यटकबाट हामिले सोचेको समृद्धि प्राप्त हुँदैन, हामिले पर्यटकहरुले खर्च गर्ने क्षेत्रहरुको विकास गर्नुपर्छ, पर्यटक बस्ने दिन लम्ब्याउनुपर्छ ।’

पर्यटक भित्रयाउनका लागि प्रदेश सरकारले प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यहरुको व्यवस्थापन र नयाँ गन्तव्यहरुको निर्माणका लागि आवश्यक योजना वनाएको वताउनुभयो । सरकारले कार्यक्रम र बजेट सहित अगाडि बढेको वताउनुभयो । भ्रमण वर्ष सफल बनाउनु सम्पूर्ण नेपालीको दायित्व रहेको मन्त्री नेपालले वताउनुभयो ।

प्रदेश सरकारले भ्रमण वर्ष २०२० मात्र नभएर त्यस पछाडिका वर्षहरुमा पर्यटकहरुको संख्या नियमित रुपमा वृद्धि गराउँदै लैजाने योजना बताउँदै उहाँले भन्नुभयो–‘फास्टफूड व्यवसायमा देखिएका समस्याहरु प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । संस्थागत रुपमा आउनुस, तपाइँहरुसँग छलफल गरेर सरकारले यस क्षेत्रको हितका लागि यथासम्भव सहयोग गर्नेछ, बाधा अड्चनहरु फुकाउने प्रयत्न गर्नेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*