मकवानपुरको बागमती खोला किनारमा तीन जनाको शव फेला

जनपत्र
१५ आश्विन २०८१, मंगलवार १२:२६

हेटौंडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थत वाग्मती नदीको किनारमा तीन वटा शव फेला परेका छन् ।

स्थानीय बासिन्दाहरूले वाग्मतीमा माछा मार्न जाने क्रममा उक्त शव देखेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । एउटा महिला र दुई वटा पुरुषको शव फेला परेको उनले बताए ।

ती शवलाई काठमाडौं हेलिकप्टरमार्फत लैजान गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिल्वालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*