मकवानपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

जनपत्र
१८ भाद्र २०८१, मंगलवार ०७:२२

हेटौँडा । भीमफेदी–कुलेखानी सडक अन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका६ जुरिखेतमा सोमबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार घाइते भएका छन्।

काठमाडौंबाट हेटौँडातर्फ आइरहेको प्र २-००३-११ प ३४७४ नम्वरको मोटरसाइकल जुरिखेत ११ घुम्तीमा दुर्घटना हुँदा वीरगन्ज महानगरपालिका-१५ लक्षुमन्वा घर भएका मोटरसाइकल चालक ४० वर्षीय वृतनारायण यादवको मृत्यु भएको हो ।

हेटौँडा अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए । मोटरसाइकल पछाडि सवार भएका बारा फेटा गाउँपालिका-७ का ३६ वर्षीय रमेश पाण्डेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

तीव्रगतिमा आएको मोटरसाइकल सडकबाट ५ सय मिटर तल खसेको थियो । मोटरसाइकल पुर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*