ट्रक दुर्घटना : चालकको मृत्यु

सदरमुकाम चरिकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा ५ख ८८५८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक विजय तामाङको मृत्यु भएको हो। शुक्रबार दिउँसो करिब २ बजे चरिकोटस्थित च्छोरोल्पा अस्पताल अगाडि अक्सिजन ग्यासको सिलिन्डर लोड गर्ने क्रममा अचानक ट्रक गुड्दा भएको दुर्घटनामा सोही ट्रकका चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।
च्छोरोल्पा अस्पतालको सिलिन्डर लोड गर्दै गर्दा ट्रक अचानक गुडे पछि ट्रक रोक्ने क्रममा चेपिएर भीमेश्वर नगरपालिका-९, लाकुरीडाँडा, झिँगानेका ३५ वर्षीय चालक विजय लामाको मृत्यु भएको दोलखा प्रहरीका प्रवक्ता रेशम बोहराले जानकारी दिए।गम्भीर घाइते भएका उनलाई उपचारका लागि चरिकोट अस्पताल लगिएकोमा त्यहाँका डाक्टरले मृत घोषणा गरेका थिए।