राउटेले उपप्रधानमन्त्री पोखरेलसँग दशैंलाई खसी मागे

जनपत्र
११ आश्विन २०७६, शनिबार ०६:२१

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई राउटे समुदायको टोलीले भेटेको छ । भक्तपुर दरबार स्क्वायर लगायतका स्थानमा आफूहरुले उत्पादन गरेको हस्तकलाको सामग्री प्रदर्शनी एवं बिक्री गर्न प्रकाश शाहीको नेतृत्वमा भक्तपुरमा आएका राउटे समुदायका सहभागीले उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई भेटेका हुन् ।

भेटमा राउटेको टोलीले दशैं मनाउन खसी मागेका थिए । प्रकाशसँगै, शिवराज, दीपक र कलम शाहीसहितको राउटेको दैलेखमा ४६ घर भएकाले उनीहरुले एउटा घरलाई एउटा खसीको माग गरेका थिए । भेटमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले राउटेले बनाएको काठको सन्दुक रु तीन हजार ५०० मा खरीद गरे । चारै जनालाई उपप्रधानमन्त्री पोखरेलले उपहारस्वरुप एक÷एक थान कपडा समेत प्रदान गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*