खुला दिसामुक्त घोषणा : भारतभन्दा नेपाल अगाडि

जनपत्र
११ आश्विन २०७६, शनिबार ०६:००

खुला दिसामुक्त घोषणा गर्नमा भारतभन्दा नेपाल अगाडि हुने भएको छ । सरकारले आगामी सोमबार ९१३ असोजमा० नेपाललाई खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रम तय गरेको खानेपानीमन्त्री विना मगरले जानकारी दिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यक्रममार्फत नेपाल खुला दिशामुक्त देश भएको घोषणा गर्ने तयारी गरिएको हो । सो तयारीसँगै खुला दिशामुक्तमा नेपाल भारतभन्दा अघि हुने भएको हो । भारतले १५ असोज अर्थात् २ अक्टोबरमा खुला दिसामुक्त भारत घोषणा गर्दै छ । तर, नेपालले भारतको भन्दा दुई दिनअघि १३ असोजमा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागेको हो ।

शुक्रबार खानेपानी मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसामुक्त नेपाल घोषणा गर्ने जानकारी दिएको छ । खानेपानीमन्त्री मगरले नागरिकलाई शतप्रतिशत ट्वाइलेट प्रयोग गर्न आग्रह गर्दै खुला दिशामुक्त नेपाल बनाउने अभियानमा सरिक बन्न अनुरोध गरिन् । उनले ट्वाइलेटमा ताला लगाएर नराख्न आग्रह गर्दै घर, खानेपानी सरसफाइ अभियानलाई अघि बढाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइन् । मन्त्री मगरले नेपालले खुला दिसामुक्त घोषणा गरेर सफाइको क्षेत्रमा अघि बढेको बताइन् ।
मन्त्रालयका सचिव माधव बेल्बासेले यो अभियान तत्कालका लागि मात्रै नभएर दीर्घकालीन महŒवको रहेको बताए । उनले आमजनताको बानीमा एकैपटक परिवर्तन ल्याउन नसकिएको र बाढी तथा पहिरोलगायत प्राकृतिक प्रकोपले पनि अभियानमा बाधा पु¥याएको उनको तर्क छ ।

केही वर्ष पहिले सरकारले बजेट वक्तव्यमार्फत नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने बताएको थियो । अहिलेसम्ममा ७७ वटै जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भइसकेका छन् । सरकारले २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रमअन्तर्गत १० असार २०६८ मा कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । हाल ९९ प्रतिशत घरधुरीमा सरसफाइको आधारभूत सुविधा शौचालय ९चर्पी०को पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।

नेपालमा सरसफाइको सुरुवात् सन् १९८० देखि सुरु भए पनि सन् १९९४ मा पहिलोपटक राष्ट्रिय सरसफाइ नीति लागू गरियो । सन् १९९० मा नेपालमा ६ प्रतिशत घरले चर्पीको प्रयोग गरेकोमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा आएपछि यो प्रतिशत बढेर ४६ र अहिले ९९ प्रतिशत पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*