बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण आज हुँदै

जनपत्र
९ श्रावण २०८१, बुधबार ०६:१९

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले दिएको जानकारी अनुसार मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण आज बिहान ११ बजेर ११ मिनेट जाँदा गरिने भएको हो ।

यस प्रदेशमा बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरु मध्य धेरैको नाम र मन्त्रालय टुङ्गो लागेको छ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीमा नियुक्त भएसंगै आज सपथग्रहण गर्न लागिएको हो ।

यस प्रदेशमा आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सहितका ७ मन्त्रालय कांग्रेसको भागमा परेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय सहितका ६ वटा मन्त्रालय नेकपा एमालेको भागमा परेको छ ।

बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । मंगलबार बिहान मात्रै एमालेले सरकारमा पठाउने आफ्नो सांसदको नाम टुंगो लगाएको थियो ।

एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।

त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

एमालेका मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् । श्रेष्ठ भने शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री थिए ।

जम्कट्टेल नेतृत्वको पछिल्लो सरकारमा रहेका जगन्नाथ थपलिया, केशव पोख्रेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ २५ पुस २०७९ मा गठित सरकारमा पनि मन्त्री भइसकेका थिए ।

बागमतीको मुख्यमन्त्रीमा हिजो कांग्रेसका बहादुरसिं लामाले एमालेको समर्थनमा दाबी पेश गरेका छन् । उनको आजै साँझ ५ बजेसम्म नियुक्तिको तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*