विश्व पर्यटन दिवसमा हेटौंडाका पर्यटकिय स्थलको सरसफाई

जनपत्र
१० आश्विन २०७६, शुक्रबार १५:५५

हेटौंडा । विश्व पर्यटन दिवसका अवसरमा आज हेटौंडाका बिभीन्न पर्यटकिय स्थलको सरसफाई गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडाका पर्यटकिय स्थलको सरसफाई गरिएको हो ।

हेटौंडाको वसपार्क र भुटनदेवि मन्दीरमा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाको नेतृत्वमा सरसफाई गरिएको हो । भुटनदेविमा दंगा प्रहरी, हेटौंडाको वसपार्कमा ससस्त्र प्रहरीको नेतृत्वमा सरसफाई गरिएको हो ।

यसैगरी पुस्पलाल पार्क र चिल्डे«न पार्कमा ब्रमकुमारी राजयोग सेवा केन्द्रको नेतृत्वमा सरसफाई गरिएको छ । हेटौंडाको शहिद स्मारकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा, स्मारक विकास समिति, स्थानीय टोल विकास संस्थाका पदाधिकारीले सरसफाई गरेको हेटौंडा उपमहानगरपालिकाका अधिकृत रामकृष्ण थापाले वताउनुभयो । यसैगरी हेटौंडाको सुमो काउन्टरमा रोटरी क्लव अफ हेटौंडा र रोट्रयाक्ट क्लवको नेतृत्वमा सरसफाई गरिएको हो ।

यसैगरी वनस्खण्डीमा नेपाली सेनाको नेतृत्वमा बिभीन्न संघसंस्था, वनस्खण्डी व्यावस्थापन समितिले सरसफाई गरेको हो । यसैगरी हेटौंडाको दुर्गा मन्दीरमा लेडिजेसीजको नेतृत्वमा सरसफाई गरिएको थियो । सरसफाईका सबै सामाग्री हेटौंडा उपमहानगरपालिकाले उपलव्ध गराएको थियो भने प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले व्यानर उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*