हेटौंडाको मध्यपृतनामा काम गरेका पृतनापति प्रधानसेनापति वन्दै

हेटौंडाको मध्यपृतना हेडटरमा पृतनापति भएर काम गरेका धेरैजसो प्रधानसेनापति वा नेपाली सेनाको दोस्रो दर्जामा पुग्ने गरेका छन् ।
जनपत्र
१० आश्विन २०७६, शुक्रबार ०८:३४

हेटौंडा । हेटौंडाको मध्यपृतनामा काम गरेका पृतनापति प्रधानसेनापती वन्ने वाटो खुलेको छ । हेटौंडाको मध्यपृतना हेड्क्वाटरमा पृतनापति भएर काम गरेका धेरैजसो प्रधानसेनापति वनेका छन् । नत्र, नेपाली सेनाको दोस्रो दर्जामा पुग्नेहरु भने धेरै छन् । भारतको बोडर समेत हेर्ने यस पृतनामा काम गरेका पृतनापतिलाई कामको सक्षमताका आधारमा र भावि प्रधानसेनापतिका रुपमा पनि लिइएको छ ।

हेटौंडामानै घर समेत भएका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्री समेत यसका उदाहरण हुनुहुन्छ । सेनाको दोस्रो दर्जामा पुग्ने भने धेरै छन् । नेपाली सेनाका प्रधानसेनापतिका विस्वास पात्र मात्र यस पृतनामा प्रमुख भएर आउन पाउने नेपाली सेनाका उच्च अधिकृतले वताएका छन् ।
मन्त्रिपरिषद बैठकले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप गर्ने निर्णय गरेको छ । यससँगैसेनाको भावी नेतृत्वको दौडमा शर्मा अगाडि आएका छन् ।

जंगीअड्डाबाट भएको सिफारिसका आधारमा एक वर्ष दुई महिना १५ दिनका लागि पदावधि थप गर्ने निर्णय गरिएको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदावधि थप गर्ने निर्णय भएको पुष्टि गरेका छन् । उनको २ वर्षे पदावधि कात्तिकमा सकिँदै थियो । उपरथीमा पदावधि थपिएसँगै शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीको रुपमा हेरिएको छ ।

किनकी हालका बलाध्यक्ष रथी गौरव तण्डुलले आगामी वैशाखमा अवकास पाउनेछन् भने रथी शरद गिरीको असारमा । दुबै एक पटक कार्यकाल थप भइसकेको छ ।

त्यसैले दुबैले अवकास पाउँदा सेनापति थापा मुनीको वरियतामा स्वतः शर्मा उक्लनेछन् । भारतबाट नेश्नल डिफेन्स कोर्स एनडीसी गरेका शर्मा सेनाभित्रका व्यवसायिक अधिकृत मानिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*