ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी लागू औषधसहित पक्राउ
वडा प्रहरी कार्यालय लमहीले ज्यान मार्ने उद्योग मुद्दा लागेका फरार व्यक्तिलाई लागू औषध सहित पक्राउ गरेको छ ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी १९ बर्षिय सन्तोष परियारलाई धारिलो चक्कु प्रहार गरि ज्यान लिने प्रयास गरेको अभियोगमा मुद्दा लागेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ निवासी २३ बर्षिय सुरेन्द्र रोकालाइ पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिए । रोकालाइ लमही(५ सुनखोलीबाट लागू औषध निट्राजाम्प १२ चक्कि सहित पक्राउ परेका हुन ।