नेपाल औषधी व्यावसायी संघ मकवानपुरमा नयाँ कार्यसमिति

जनपत्र
८ आश्विन २०७६, बुधबार १९:०२

हेटौंडा । नेपाल औषधी व्यावसायी संघ जिल्ला साखा मकवानपुरको छैठौ अधिवेशनले पुन सुधिर दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा नारायण प्रसाद श्रेष्ठ, महासचिवमा विनोद प्रसाद लामिछाने, सचिवमा देवनारायण साह, कोषाध्यक्षमा संघर्ष गुरुङ, सह कोषाध्यक्षमा विष्णु थापा चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा रामु दराई, शुसान्त लामा, सरस्वती सोडाईली, ज्ञानदम दोर्जे लामा चयन भएका छन् ।

यसैगरी संघका मकवानपुर अध्यक्ष सुधिर दाहालको अध्यक्षता तथा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख समाजसेवी पुरनबहादुर जोसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष हरि हुमागाँईं, औषधि व्यावसायी संघका जिल्ला, अंचल र केन्द्रका पदाधिकारी, उपभोक्ता मन्चका पदाधिकारी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*