मुस्ताङमा भीरबाट लडेर १३ च्याङ्ग्रा मरे, २२ च्याङ्ग्रा घाइते

जनपत्र
८ आश्विन २०७६, बुधबार ०६:१२

दसैंका लागि बिक्री गर्न जोमसोमतर्फ झारिएका १३ च्याङ्ग्रा मंगलबार साँझ भीरबाट लडेर मरेको छ। २२ च्याङ्ग्रासमेत घाइते भएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले जानकारी दिए।

च्याङ्ग्राका धनी मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४ घाराका हुन्। गाउँबाट जोमसोम ल्याउने क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पान्डाखोला नजिकको पाखो भीरबाट खसेर लडी मरेको सांसद बिष्टले बताए।

वारागुङको पान्डा खोलास्थित उक्त पाखोमा दिनभरी चरनक्षेत्रमा चराएर सदरमुकाम जोमसोमतर्फ ल्याउने क्रममा भीरको नजिक खोच परेकाले फर्काउने क्रममा च्याङ्ग्रा दच्किएर मर्न पुगेको हो। सांसद बिष्टका अनुसार व्यापारीलाई करिव २ सय ४० गोटा रहेको च्याङ्गा हुलबाट च्याङ्ग्रा लडेर मर्दा करिब ४ लाख बराबरको क्षति भएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*