आमा र शिशुको अवस्था गम्भिर भएपछि हेलिकोप्टरमार्फत उद्धार

तीन छोरीलाई जन्म दिएकी दार्चुलाकी एक महिला र शिशुको नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्दार गरिएको छ। आमा र शिशुको स्वास्थ्य अवस्था गम्भिर भएपछि उपचारका लागि सेनाको हेलिकोप्टर मार्फत नेपालगंज लगिएको छ।
दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया मानमती धामी र शिशुहरुलाई मंगलबार उपचारको लागि हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको हो। आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिएपछि होलीकप्टर मार्फत नेपालगञ्ज पठाईएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताए।