स्यानिटरी प्याडको सट्टा ‘मेन्स्ट्रुअल कप’

महिनावारी हुँदा प्रयोग हुने स्यानिटरी प्याडलाई सरकारले प्रत्येक स्कुलमा पुर्याउने कार्यक्रम ल्याएको छ। स्थानीय र प्रदेश सरकारहरूले पनि स्यानिटरी प्याडको प्रयोगलाई सहज बनाउन कार्यक्रमहरू ल्याइरहेका छन्।
ग्रामीण भेगसँग स्यानिटरी प्याड नपुग्दै नयाँ सामग्री आएको छ, ‘मेन्स्ट्रल कप’। अब स्यानिटरी प्याडको सट्टा मेन्स्ट्रुअल कपको चर्चा हुन थालेको छ। शहरी क्षेत्रमा यसको प्रचारप्रसार पनि गर्न थालिएको छ। यसलाई मेरी स्टोपले नेपालमा भित्र्याएको छ। सन् २०१८ नेपाल भित्रिएको मेन्स्ट्रुअल कपको माग पनि बढ्दै गइरहेको छ।प्रजनन् स्वास्थ्यबारे काम गर्दै आइरहेको मेरी स्टोपले पछिल्लो समय महिनावारी हुँदा प्रयोग गरिने कपबारे जानकारी दिइरहेको छ।