पत्रकार पुडासैनी आत्महत्या प्रकरण : वकपत्र सकियो, पहिलो पेशी कात्तिक २७ मा

जनपत्र
८ आश्विन २०७६, बुधबार ०५:५५

सञ्चारकर्मी रवि लामिछानेसहित अन्य २ जनाविरुद्ध चलिरहेको आत्महत्या दुरुत्साहन मुद्दामा साक्षीसँगको बयान लिने काम सकिएको छ । वादीतर्फ १२ जना र प्रतिवादीतर्फका ४ जनाको वकपत्र लिने काम सकिएको हो । आइतबार, सोमबार र मंगलबार ३ दिनसम्म वादी र प्रतिवादीतर्फको वकपत्र लिने काम भएको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

वकपत्र लिने काम सकिएसँगै मुद्दाको पेशी २७ गतेका लागि तोकिएको छ । वकपत्रका लागि बादीतर्फका २ जना नआएको भए पनि आवश्यक पर्दा पछि अदालतले झिकाउने उहाँले बताउनुभयो । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते नारायणगढमा भएको आत्महत्या घटनामा सञ्चारकर्मी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनको मुद्दा दायर भएको छ ।

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललेउच्च अदालत पाटनको हेटौँडा इजलासमा जिल्ला अदालत चितवनको फैसला चित्त नबुझेको भन्दै फैसला बदर गर्न संयुक्त निवेदन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*