हेटौंडा अस्पतालमा डेंगुका विरामीको निशुल्क शिवीर, खोज र नष्ट गर्ने अभियान जारी

जनपत्र
७ आश्विन २०७६, मंगलवार १७:१८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज मकवानपुरका डेंगुका बिरामीलाई छुट्टै शिविर खडा गरेर उपचार गरेको छ । आज हेटौंडा अस्पतालमा शिबीरनै सञ्चालन गरेर डेंगुका विरामीको उपचार गरेको हो ।

साउन देखिनै मकवानपुरमा देखा परेको डेंगुको खोजी गर्ने र नष्ट गर्ने अभियानमा लागेको उपमहानगरपालिकाले आज ज्वरोका बिरामीलाई लक्षित गरेर शिवीरको सञ्चालन गरेको हो । डेंगु देखा पर्ने बित्तिकै हेटौंडामा यसको नष्टमा लागिएको र पछील्लो समयमा यसका बिरामी धेरै देखापर्न थालेपछी शिवीरनै सञ्चालन गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

शिवीरमा एक सय जना ज्वरोका विरामीहरुले जाँच गराएका छन् । आज डेंगुको किट समेत निशुल्क उपलव्ध गराएर परिक्षण गरिएको थियो । यस अघि पनि हेटौंडा अस्पताललाई डेंगुको किट उपलव्ध गराएको उपमहानगरपालिकाले डेंगुको नियन्त्रणमा भिीन्न अभियान सञ्चालन गर्दै आएको छ । प्रत्यक सनिवार टोलविकास संस्थालाई परिचालन गर्दै डेंगु नियन्त्रणको अभियानलाई प्रभावकारी बनाइएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*