युवराज दीपेन्द्र राति राति काग मार्थे

जनपत्र
७ आश्विन २०७६, मंगलवार ०६:२७

रातको समयमा बाँसझांगमा रहेका कागको शिकार गर्न रुचाउँथे युवराज दीपेन्द्र । दरबारको दक्षिण र पूर्वतर्फको बाँसझाँगमा टन्नै कागको गुँड हुन्थ्यो । उनी बास बसेका कागमाथि गोली चलाउँथे । एकपटक यही विषयको समाचार लेखेपछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठले यही खुलासासहितको समाचार लेखे । उनलाई दरबारब बोलाएर हप्काइएको थियो । तर, पछि छाड्न वाध्य भए ।

दीपेन्द्र बाहिर हेर्दा सालिन देखिएपनि भित्र भित्र उदण्ड नै थिए । तर, बहुमुखी प्रतिभाका धनी थिए । उनले प्रारम्भिक शिक्षा बुढानिलकण्ठ स्कुलबाट प्राप्त गरेका थिए । त्यसपछि उनले इटन कलेज बेलायतबाट पनि शिक्षा ग्रहण गरे ।

निन्छ, इटन कलेज पढ्दा ताका उनलाई अनुुशासनको कारबाही भएको थियो । किनकि उनले त्यहाँ मादकपदार्थ विक्री गरेका थिए । इटन कलेजपछि उनले नेपालकै त्रिभुवन विश्वविद्यालयमा पनि अध्ययन गरे ।भगोलमा स्नातकोत्तर तहमा गोल मेडलिष्ट बनेका थिए । उनलाई भूगोलमा विशेष दख्खल राख्ने धोको थियो ।
रिपोटर्स नेपालबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*