पोखराका मुख्य सडकमा अमेरिकी प्रविधिको कालोपत्रे

जनपत्र
७ आश्विन २०७६, मंगलवार ०६:२२

पोहोर साल टालेको पोखराको सडकमा अहिले पनि उस्तै खाल्डै खाल्डा छन् । पोखराका मुख्य सडककै हालत गतिलो छैन । मुस्ताङचोकदेखि हल्लनचोकसम्मको बढी पर्यटकको आउ–जाउ हुने ठाउँ होस् या त हल्लनचोकदेखि जिरो किलोमिटरसम्मको सडक वर्षैपिच्छे टालिरहनुपर्ने अवस्था छ । सिद्धार्थ चोकदेखि महेन्द्र पुलसम्म होस् या रानीपौवादेखि अमरसिंह निस्कने मुख्य सडकको अवस्था पनि उस्तै छ ।
पोखरा न्युरोडमा २०७३ साल चैतभित्रै सक्नुपर्ने सर्फेस ड्रेसिङको काम २०७४ ठेकेदार कम्पनीले भदौ अन्त्यतिरमात्रै थाल्यो । बर्खायाममा न्युरोडको सडकमा ‘सर्फेस ड्रेसिङ’ गर्न ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्न लागेको आलोचना भएपछि महानगरले काम रोक्यो । न्युरोडमा सर्फेस ड्रेसिङ गर्ने भन्दै सडकको एक भागमा गिटी छरेर छोडियो । त्यसपछि त्यो सडकको कामै भएन । भइरहेको सडकलाई बलियो बनाइराख्न सर्फेस ड्रेसिङ सस्तो प्रविधि हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*