औषधिजन्य जडिबुटी प्रवर्धन सम्वन्धि बहुपक्षिय समन्वय बैठक सम्पन्न

जनपत्र
२९ जेष्ठ २०८१, मंगलवार २०:१८

हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौँडाको आयोजनामा औषधिजन्य जडिबुटी प्रवर्धन सम्वन्धि बहुपक्षिय समन्वय बैठक सम्पन्न भएको छ । मगलवार स्वास्थ्य मन्त्रालयको सभाहलमा स्वास्थ्य सचिव बद्रिबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

बैठकमा वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रघुराम पराजुलीले प्राथमिकतामा रहेका जडिबुटी,जडिबुटी तथा गैरकाष्ठ वन पैदावार सम्वन्धि आफ्नो प्रस्तुतिकरण दिएका थिए भने आयुर्वेद औषधी उत्पादन केन्द्रका प्रमुख डा सुरेश महर्जनले आयुर्वेद औषधि उत्पादन केन्द्रको स्थापना तथा सँचालन,आयुर्वेद औषधि उत्पादन केन्द्रको उदेश्य बारे प्रष्ट पारेका थिए ।

बैठकमा विभिन्न मन्त्रालयका सचिव,स्वास्थ्य महाशाखा प्रमुख,स्वास्थ्य निर्देशनालयका महाशाखा प्रमुख,डिभिजन वनकार्यलयका प्रमुख,आयुर्वेद तथा वैकल्पिक चिकित्सक,सामुदायिक वन उपभोत्ता महासंघका प्रमुख लगायतको आथित्यता रहेको थियो ।

बैठकमा निम्न निणर्यहरु भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*