नेपालमा मानव अधिकारको स्थिति सुध्रिएन

जनपत्र
२९ जेष्ठ २०८१, मंगलवार १४:३६

काठमाडौं । नेपालमा मानव अधिकारको स्थितिमा कुनै सुधार देखिएको छैन ।

अमेरिकाले निकालेको सन् २०२३ मानव अधिकार प्रतिवेदनअनुसार गत वर्ष मानव अधिकारको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन आएको छैन ।

प्रतिवेदनअनुसार गत वर्ष हत्या, यातना, स्वेच्छाचारी थुना, धम्की, अभिव्यक्ति स्वतन्त्रता, मिडियामाथि गम्भीर अवरोध, शान्तिपूर्ण भेलामा हस्तक्षेप, भ्रष्टाचार, यौन हिंसालगायत विषयमा उजुरी परेको थियो ।

यी विषयमा सरकारले अनुसन्धान गरे पनि मानव अधिकार उल्लङ्घन गर्नेहरूमध्ये अधिकांशलाई कारबाही नगरेको प्रतिवेदनमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*