युवालाई उत्पादनसंगै रोजगारीसंग जोड्न सकिएको छैनः बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठ

जनपत्र
२८ जेष्ठ २०८१, सोमबार ०९:५४

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले नेपाल युवाहरुले भरिएको देश भएपनी युवाहरुलाई उत्पादनसंगै रोजगारीसंग जोड्न नसकिएको बताउनु भएको छ । यसले नेपालको हितमा नकरात्मक असर परेको समेत उहाँले तर्क गर्नुभयो । आईतवार स्वास्थ्य मन्त्रालयको कार्यलयमा कर्मचारी र बागमती प्रदेशका स्वास्थ्य मन्त्री बिच भएको बैठकमा उहाँले यस्तो भन्नू भएको हो।

उहाँले भन्नुभयो, युवाहरूलाई उत्पादनसंग कसरी जोड्न सकिन्छ भन्ने जुन नीति सरकारले ल्याउन गइरहेको छ त्यसलाई सम्बोधन गर्न सकियोस । पछिल्लो समयमा देखिएको बढ्दो सहरीकरण जस्ता कारण गाउँघर खाली हुने तथा बढ्दो सहरीकरणले घरवारविहीनभै सडकको बास हुने जस्ता समस्याको अध्ययन गरि प्रदेशले विकास र उत्पादन संग जोड्ने खालको रणनीति बनाउन लागेको जानकारी गराउनुभयो ।

बढ्दो सहरीकरणलाई रोकि गाउँमै उत्पादनसंग युवालाई जोड्ने नीति बनाइने मन्त्री श्रेष्ठले बताउनुभयो । साथै गाँउ विकास लक्ष्य सम्म पुर्‍र्याउनका लागी प्रदेश सरकार,संघिय सरकार लागी परेको समेत उँहाले बताउनुभयो ।

घरवार विहिन जनसङ्‍ख्या, बाह्य वसाइसराइ र यसको असर, जनसाङ्‍ख्यिक लाभांसलाई विकास र उत्पादनसँग जोड्न सक्ने नीति बनाउन पर्ने बताउनुभयो। साथै उहाँले मानिसको संस्कृति एवं सामाजिक मुल्यमान्यतालाई उच्‍च कदर गर्ने कुरा पनि नीतिमा ल्याउन पर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा विद्यमान समस्या,चुनौती र अवसरहरुको विषयमा छलफल हुनुका साथै अव्यवस्थित आन्तरिक बसाईसराई,जनसंख्याको असमान भौगोलिक वितरण,बढ्दो जनसंख्याबृद्धिदर ,बढ्दो बृद्ध जनसख्ंया,तुलनात्मक रुपमा कम औसत आयु इत्यादी समस्यालाई कसरी पहल गर्न सकिन्छ भन्ने विषयमा गहन रुपमा अभ्यास भएको थियो ।

बैठकमा स्वास्थ्य मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख श्री सागर प्रसाद घिमिरेले स्वागत मन्तव्य सहित बैठकको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो भने विश्‍व स्वास्थ्य संगठनका प्रदेश स्वास्थ्य अधिकृत हरि भुसालले प्रस्तावित जनसङ्‍ख्या नीतिको ढाँचा, औचित्य, प्रदेशको जनसङ्‍ख्या सम्वन्धी तथ्याङ्क सहित प्रस्तावित १७ बुँदे जनसङ्‍ख्या नीति प्रस्तुत गर्नु भएको थियो।

उक्त नीतिमाथि विभिन्‍न मन्त्रालयका प्रतिनिधि, विरेन्द्र बहुमुखि क्‍याम्पस भरतपुर चितवनका जनसङ्ख्‍या संकायका प्राध्यापक, हेटौैडा क्‍याम्पस र मकवानपुर बहुमुखि क्‍याम्पसका जनसङ्ख्याका सह प्राध्यापकहरुले सुझाव पेश गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*