बागमती प्रदेशको सुशासन केन्द्रबाटनै नियम उलंघन, ५० प्रतिशत रकमान्तर

जनपत्र
२८ जेष्ठ २०८१, सोमबार ०५:५३

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको प्रदेश सुशासन केन्द्रले अरुलाई सुशासनको पाठ सिकाउँदै हिड्ने गरेको छ ।

तर, बागमती प्रदेशको नियम र कानूनलाई समेत उलंघन गरेर बितेको आर्थिक वर्षमा प्रदेश सुशासन केन्द्रले ५० प्रतिशत सम्म रकम रकमान्तर गरेकामा महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको छ ।

प्रदेशको नियममा बढीमा २० प्रतिशत सम्म रकम रकमान्तर गर्न सकिने छ । तर, सुशासन केन्द्रले बितेको आर्थिक वर्षमा ५० प्रतिशत रकम रकमान्तर गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।

यसैगरी प्रदेश विकास समस्या समाधान समितिले बिगतका वर्षहरुमा बसेको बैठकका निर्णयहरु समेत अनुगमन नगरेकोमा प्रश्न उठाएको छ ।

यस्तो छ महालेखाको प्रतिवेदन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*