बालबालिकाहरुमा माइन्युट लेखन भाषण कला तथा असल संस्कार अभ्यास

जनपत्र
२७ जेष्ठ २०८१, आईतवार १७:०२

मकवानपुर । बालबालिकाहरुमा माइन्युट लेखन भाषण कला तथा असल संस्कार अभ्यास आवश्यक रहेकाे हेटाै‌डा उपमहानगरपालिका वडा २ काे सदस्य तथा बाल अधिकार सम्पर्क व्यक्ति सुरज बर्ताै‌लाले बताएका छन् ।

बालबालिकाहरुमा भाषण कलाकाे सिपले उनीहरुलाई विद्यालयस्तरमा हुने विभिन्न प्रतियाेगिताहरुमा अब्बल बनाउने, बैठक व्यवस्थापन, माइन्युट लेखनकाे अभ्यासले क्लब तथा संस्था सञ्चालनकाे सिप सेमत विकास हुने विश्वास उनले व्यक्त गरे ।

वडा कार्यालयकाे आर्थिक सहयाेग तथा साझ जगत मल्टीमिडियाकाे आयाेजनामा बाल समूहका सदस्यहरुकाे लागि भाषण कला, माइन्युट लेखन तथा असल संस्कार सम्बन्धी अभिमुखीकरण कार्यक्रमकाे उद्घाटन गर्दै बर्ताैलाले यस्ताे बताएका हुन् ।

उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागु भएकाे घाेषणाकाे तयारीमा रह‌ंदै गर्दा बालबालिका लक्षित कार्यक्रमहरुमा स्थानीय सरकारले चासाे प्रकट गर्ने गरेकाे उनले बताए ।  उनीहरुलाई पारिवारीक तहमा असल संस्कारदेखि विद्यालय, बालसमूह तथा अन्यत्र सहभागिताकाे लागि पनि लक्षित सिपकाे विकासले नेतृत्वमा पुग्न सहज हुने बर्ताैलाले बताए । ‘अहिलेकाे समय भनेकाे हरेक सवालमा कडा प्रतिष्पर्धा छ, आफूमा सबै अब्बल हुनु आवश्यकमात्रै हैन अनिवार्य भएकाे छ,हामी चाहन्छाै हाम्राे वडाका बालबालिकाहरु अन्यत्रकाभन्दा अब्बल हाेउन् ’ बर्ताैलाले भने ।

यसैगरी वडा सदस्य इन्द्रप्रसाद रिजालले बालबालिकाहरुलाई शिक्षासँगै असल संस्कारकाे ज्ञान अनिवार्य भएकाे बताए । अभिभावकसँग कसरी, कस्ताे व्यवहार गर्ने, बालबालिकाहरुले आफ्नाे कर्तव्य कसरी पुरा गर्ने भन्ने सवाल पनि आवश्यक महसुस गरेर यस्ताे  कार्यक्रममा राखिएकाे उनले बताए ।

हेटाै‌डा उपमहानगरपालिका वडा २ मा गठन भएका १९ वटा बाल समूहका ६१ जना सदस्यहरु सहभागी रहकाे कार्यक्रममा  पत्रकारहरु आशिष दुलाल र सरिता दाहालले प्रशिक्षण दिएका थिए । कार्यक्रमपछी भाषण कलाकाे बारेमा आधारभूत सिप विकास भएकाे बालजागृति बाेर्डिङ स्कुलकी छात्रा देविना सञ्जेलले बताइन् । बाल क्बलकाे सचिवहरुकाे लागि माइन्युट लेखन सिप नहुदा समस्या खेप्दै आएकाे र आगामी दिनमा लेखन कार्यमा धेरै सुधार आउने बनस्खण्डि बाल समूहकी गरिमा भट्टराइले बताइन‍् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*