गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीन यात्रु घाइते

जनपत्र
६ आश्विन २०७६, सोमबार ०६:२१

बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-३ घुमाउने तालमा आइतबार गुडिरहेको जिपमा भीरबाट खसेको ढुंगा लागेर तीनजना घाइते भएका छन् ।   जोमसोमदेखि बेनी आउँदै गरेको ग १ ज ७०६२ नम्बरको जिपमा खसेको ढुंगाले लागेर रुपन्देहीको देवदह नगरपालिका-५ का ७१ वर्षीय यामबहादुर विक, उनकी श्रीमती ६३ वर्षीया गंगी विक र बागलुंग नगरपालिका-३ का मनबहादुर थापा घाइते भएका छन् ।

घुमाउने ताल नजिकैको हिलो जमेको सडकमा गाडी पार गराउने क्रममा भीरबाट एक्‍कासी ढुंगा खसेको चालक शुशिल परियारले बताए । बेनी अस्पतालमा उपचार गराइरहेका घाइतेहरु खतरामुक्त छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*