प्रदेश–३ सरकारले स्थानीय तहमा अनुदान रकम पठाउने तयारी

प्रदेशको राजस्व संकलनको कामलाई पनि प्रदेशले तिब्रता दिने तयारी गरेको छ ।
जनपत्र
६ आश्विन २०७६, सोमबार ०६:१४

हेटौंडा । प्रदेश नम्बर–३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहमा जाने अनुदान रकम पठाउने तयारी गरेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट मार्फत ल्याएको स्थानीय तहको अनुदान रकम पठाउने गरी तयारी थालिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो ।

स्थानीय तहमा अरु क्षेत्रमा समेत जाने सशर्त अनुदान, बिशेष अनुदान, नियमित अनुदान रकम पठाउनेगरी कार्यबिधि बनाउन सुरु गर्न लागिएको उहाँले वताउनुभयो । प्रदेशको राजस्व संकलनको कामलाई पनि प्रदेशले बिशेष तयारी गरेको छ । गतवर्षकै ढुङ्गा, गिट्टी वालुवाको राजस्व रकम संकलन गर्न समस्या भोग्दै आएको प्रदेश सरकारले चालु आर्थिक वर्षमा भने राजस्व संकलन व्यवस्थित बनाएर काम गर्ने तयारी गरिएको मन्त्री ढुङ्गेलले वताउनुभयो ।

यसैगरी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यान्वयनको कामलाई तयारी गर्दै काम सुरु गरेको छ । बजेट कार्यान्वयनका लागि परेका समस्या फुकाउँदै कार्यान्वयनमा अगाडी वढीएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*