ठेकदारलाई कुलमानको निर्देशन : समयमा काम सके फूलमाला, नसके कारबाही

रुपन्देही र नवलपरासीका औद्योगिक क्षेत्रमा प्रशारण लाइन र सवस्टेशन निर्माणमा ढिलाइ भएको गुनासो आएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् । रुपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगमा पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन को निर्माण भइरहेको छ । तर ती आयोजना निर्माणको गति सुस्त भएको गुनासो आएपछि घिसिङ शुक्रबार र शनिबार त्यस क्षेत्रमा पुगे ।
कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगलगायतमा देखिएका समस्या बारेमा जानकारी लिएका छन् । उनले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र ९जनवरी २०२०० र मैनहिया सबस्टेसनको काम पुस ९डिसेम्बर २०१९० भित्र सक्न निर्देशन दिएका छन् ।
‘निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी साइट उपलब्ध गराउँछौं, अत्यन्तै महत्वका आयोजनाहरुको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न जनशक्ति थप्नुहोस्, समयमै काम सक्नुभयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौ, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं’,उनले निर्माण कम्पनीहरुलाई निर्देशन दिंदै भने ।