रेकर्डभन्दा माथि कामीरिता

एक पटक सगरमाथा आरोहण गराएको कम्तीमा २० हजार डलर पारिश्रमिक
जनपत्र
१९ जेष्ठ २०८१, शनिबार ०६:४३

विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले हिमाल आरोहणमा प्रतिस्पर्धा नै गर्ने हो भने जुनसुकै रेकर्ड राख्ने क्षमता आफूमा भएको बताएका छन् । यसपालिको वसन्तकालीन हिमाल आरोहणमा लगातार दुई पटक सगरमाथा चढेर उनले ३० औं पटक सगरमाथा आरोहणको रेकर्ड बनाएका हुन् ।

‘रेकर्ड राख्ने नै हो भने म महिनामा ५ पटकसम्म सगरमाथा आरोहण गर्न सक्छु,’ ५४ वर्षीय कामीरिताले भने ।

सोलुखुम्बुको थामेमा जन्मेहुर्केका कामीरिता संसारकै सर्वाधिक महँगा अल्पाइन गाइडमध्ये पर्छन् । उनी अहिले काठमाडौंमा रहेको सेभेन समिट ट्रेक्स कम्पनी र फोट्रोनी पिक एक्सपिडिसन कम्पनीका सिनियर एक्सपिडिसन गाइड हुन् । उनले एक पटक सगरमाथा आरोहण गराएको कम्तीमा २० हजार डलर (२६ लाख ६१ हजार) हाराहारी पारिश्रमिक पाउँछन् । ‘कामीरितालाई हामीले एक पटकको आरोहण गर्दा २० हजार डलर र त्यही सिजनको अर्को पटक आरोहण भए थप १० हजार डलर दिने सम्झौता छ,’ सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले भने ।

सेभेन समिट मिङ्माको कम्पनी हो भने फोट्रोनी पिक उनका भाइ टासी लाक्पाले सञ्चालन गरेको नयाँ कम्पनी हो । संखुवासभाका यी दुई शेर्पा दाजुभाइले सञ्चालन गरेका यी दुवै कम्पनीले संसारका सबै १४ वटा ८ हजार अग्ला र सातवटै महादेशका अग्ला हिमालमा आरोहण गराउँदै आएका छन् । जसमा कामीरिता सिनियर गाइडका रूपमा आरोहण दलका भीभीआईपी सदस्यलाई चुचुरोमा चढाउन मद्दत गर्छन् ।इकान्तिपुरबाट अनुदीत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*