मकवानपुर गढीमा नेकपा कमिटीको सपथ ग्रहण

हेटौंडा । नेपाल कम्यूनिष्ट पार्टी नेकपा मकवानपुरगढी गाउँकमिटिको सपथ ग्रहण एवम् शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा गाउँकमिटि अध्यक्ष रामजी साकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज समेत रहनुभएका सांसद बिरोध खतिवडा, अर्का केन्द्रीय सदस्य रामेश्वर राना, केन्द्रीय सदस्य, प्रदेश सभाका सदस्य तथा पार्टीका जिल्ला सह इन्चार्ज कुमारी मोक्तान, प्रदेश सभाका सदस्य तथा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेता बद्री लंसाल, नेकपा मकवानपुरका नेता भिम पाख्रीन, नेकपा सचिवालय सदस्य बिष्णु दाहाल, भगवती पुडासैनी, जीवन गोले, जिल्ला सदस्य तेजप्रसाद लम्साल, बिदुर हुमगाई, चन्द्र योञ्जन, मदन दाहाल लगायतकाको उपस्थिति रहेको थियो ।
पूर्वघोषित नेकपा मकवानपुर गढीगाउँ कमिटिको ७५ सदस्सीय पदाधिकारी हरुलाई केन्द्रीय सदस्य न्यौपानेले सपथ गराउनुभएको हो । नेकपा मकवानपुरगढी पालिका कमिटिको नामावली केही समय अघिनै सार्वजनिक भएपनि सपथ ग्रहण केही दिन ढिलाई भएपनि भव्य रुपमा कार्यक्रम गरिएको पार्टी गाउँ कमिटीले जनाएको छ । मूलूकको सम्बृद्धिका लागि नेकपा एकीकरण भएपछि स्थानीय तहसम्म लहर छाएको कार्यक्रममा सहभागीहरुले बताएका हुन् । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष रामजी सापकोटा र सचिव राजकुमार खड्का सहित ७५ सदस्यीय पालिका कमिटिलाई सपथ गराईएको हो ।
कार्यक्रमका प्रमुख अतिथी न्यौपाने र केन्द्रीय सदस्यहरुले अव पार्टी एक ढिक्का भएर लागिपरेको बताएका छन् । पार्टीको वडा कमिटी, टोल कमिटी निर्माणको काम पनि दु्रत रुपमा अगाढी बढाउन र नेकपाको नेतृत्वका तीनै तहका सरकारले गरेका काम आम जनतामाझ पु¥याउन पनि नेकपाका नेताहरुले वताएका छन् । पार्टी एकीकरणको काम संगै अव संगठन बिस्तार, नयाँ सदस्यता बितरण, पार्टी प्रवेश कार्यक्रमलाई पनि तिब्रता दिनका लागि नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला पार्टीका नेताहरुले निर्देशन दिएका छन् ।