हेटौंडाका टेक्निसिएनसंग किसानको भेटघाट

जनपत्र
४ आश्विन २०७६, शनिबार १४:३२

हेटौंडा । किसान पाइप प्रोडक्ट प्रालिले प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा टेक्निसिएनसंग भेटघाट गरेको छ । किसान पाइप प्रोडक्टस् प्रालिका अध्यक्ष बिष्णु प्रसाद पाण्डेको अध्यक्षता तथा जयकालिका हार्डवयेर एण्ड सप्लायर्षका संचालक कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै कार्कीले आफु र कम्पनिले पनि टेक्निसिएनको सल्लाह अनुसार काम गर्नका लागि तयार रहेको वताउनुभयो । किसानको पाइप ढुक्क भएर प्रयोग गर्दा राम्रो हुने उहाँले वताउनुभयो । स्वदेशकै सामान प्रयोग गर्दा समस्या नहुने उहाँको भनाई छ । कार्यक्रममा टेक्निसिएनका प्रशिक्षक फडिन्द्र तिमल्सीना लगायतकाको आतिथ्यता रहेको थियो ।

कुपन लिएकै आधारमा हेटौंडाका नरेन्द्र लिम्बुलाई एक लाख १७ हजार रुपैयाँ समेत प्राप्त गरेका छन् । कम्पनिमा आवद्ध टेक्निसिएनलाई प्रोत्साहन गर्नका लागि र नयाँ प्रडक्टबारेमा जानकारी दिने उदेस्यले कार्यक्रम गरिएको हो । हाल देशभर किसान पाइप संग आवद्ध ३ हजार भन्दा बढी टेक्निसिएनहरु रहेका छन् । किसान पाइपले सिपिभिसी, पिभिसी, एचडीपीई जस्ता पाइपहरु उत्पादन गर्दै आएको छ । नवलपरासीको वर्दघाटमा किसान पाईपको उद्योग रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*