हेटौंडाको पाँच बाल समुहलाई उपमहानगरको सम्मान

हेटौंडा– बालमैत्री उपमहानगर घोषणाको अभियानमा रहेको हेटौंडा उपमहानगरपालिकाले उत्कृष्ट पाँच बाल समुहलाई सम्मान गरेको छ ।
नगरमा रहेका १९ बडाहरुमा गठन गरीएका ३७६ वटा बाल समुहमध्य बाट पछिल्लो समय बालमैत्री घोषणा अभियानलाई अघि बढाउनका लागि काम गरीरहेका पाँच बाल समुहलाई मंगलबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सम्मान गरेकी हुन् ।
महिला बालबालिका तथा समावेसीकरण महाशाखाले गरेको मुल्याङकनका आधारमा हेटौंडा २ को सिदार्थ,
४ को मित्रसमाज, ८ को धौलागिरी,१६ को लक्ष्मिनारायण र १८ को कमला श्रृजनशिल बाल समुहलाई नगद सहित सम्मान गरीएको हो । कार्यक्रममा हेटौंडा ८ को बाल सञ्जाललाई प्रोत्साहन स्वरुप नगद हस्तान्तरण गरिएको थियो । पुरस्कार हस्तान्तरण गर्दै नगर प्रमुख लामाले उपमहानगरको अभियानलाई अघि बढाउनका भुमिका खेल्ने सबैलाई धन्यवाल दिइन् । सुन्दर नगर निर्माणको अभियानमा बालमैत्री घोषणाले ठुलो भुमिका खेल्ने बताइन् ।
त्यस्तै बालमैत्री पालिका कार्यान्वयनका लागि हेटौंडा–४ पुष्पलाल पार्कमा बालमैत्री सिकाई स्रोत केन्द्रको उद्घाटन गरीएको छ । केन्द्रमा बालबालिकाका लागि आवश्यक जानकारी, पुस्तकहरु राखेर अध्ययन तथा छलफलको व्यवस्था मिलार्ईएको छ ।
केन्द्रको उद्घाटन पछि जिल्ला समन्वय समितिमा आयोजित नगर स्तरीय बाल भेला तथा योजना तर्जुमा साथै उत्कृष्ट बाल समूह ÷ सञ्जाल पुरस्कार कार्यक्रममा बाल समुहहरुलाई सम्मान गरीएको थियो । नगर स्तरीय बाल सञ्जालका उपाध्यक्ष कृशाङ्गी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा
हेटौंडा १६ का अध्ययक्ष एवम् सामाजिक बिकास समितिका संयोजक रामकृष्ण कोईराला, हेटौंडा १८ का वडा सदस्य लेखराज खतिवडा, महिला बालबालिका तथा समावेसीकरण महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, शाखा प्रमुख मन्दिरा थापा लगाएतको आतथ्यता रहेको थियो ।