नगर पाष्टर एशोसियसनको बार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा रुपेश राई चयन

जनपत्र
४ आश्विन २०७६, शनिबार ०७:०४

मकवानपुर / हेटौडा नगर पाष्टर एशोसियसनको ५ औँ बार्षिक साधारण सभा आशिष्मय प्रकारले सम्पन्न भएको छ । नगर पाष्टर एशोसियसनका अध्यक्ष रेभरेन्ट पास्टर रामकृष्ण पन्तको सभाध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष रेभरेन्ट पास्टर पन्तले नगर पाष्टर एशोसियसनको ऐतिहासिक पृष्ठभुमि, दर्शन तथा प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उहाँले प्रभावकारी रुपमा परमेश्वरको वचनको सेवा गर्दै सहभागीहरुलाई आशिषित तुल्याउनु भयो । यस सभामा एशोसियसनमा आवद्ध भएको १९ वडाका विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरु गरि करिब ३० भन्दा बढि प्रतिनिधिहरुको सहभागीत रहेको थियो ।

सो कार्यक्रममा नेपाल ख्रिष्ट्रियन महासंघ मकवानपुरका अध्यक्ष मोम लामा, युला लिडर तथा समाजसेवि बिर बल तामाङ,नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्यसमिति रुपक कालिराज लगायतको आथित्यता रहेको थियो ।

साधारणसभामा पाष्टर धर्म लामाले आशिष्पूर्ण वचन प्रचार गर्नु भएको थियो भने पास्टर रुपेश राईले स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाका संस्थापक सदस्य, कार्य समिति पदाधीकारीहरु सहित साधारण सदस्यहरुको सहभागीतामा यस वर्षको साधारण सभा सम्पन्न भयो ।

अध्यक्षमा राई

हेटौडा नगर पाष्टर एशोसियसनको बार्षिक साधारण सभाले पाष्टर रुपेश राईलाई अध्यक्ष चयन गरेको छ । आज भएको ५ औँ साधारण सभाले राईको अध्यक्षमा ६ सदस्यीय चयन गरेको हो । एशोसियसनको उपाध्यक्षमा धर्म लामा, सचिव शुभभगत घलान, कोषाध्यक्ष अशोक अधिकारी, सदस्यहरु निल केतु लामा र नविन आलेमगर चयन हुनु भएको हो भने सल्लाहकारमा रेभरेन्ट पास्टर रामकृष्ण पन्त र नेपाल ख्रिष्ट्रियन महासंघ मकवानपुरका अध्यक्ष मोम लामालाई चयन गरेको होे । अध्यक्ष निर्वाचित भए पश्चात सम्बोधन गर्दै राईले आफुले पाएको जिम्मेवारी बाइबलिय आधार, व्यवस्था, कानुनको अनुसार अघि बढ्ने भन्दै इसाई धर्मालम्बीहरुको एकता नै मेरो पहिलो प्रयास हुने बताउनु भयो । यो अवसरको रहेको भन्दै समाजसंग हातेमाले गर्दै समाज परिवर्तनमा समेत लाग्ने र सबैलाई प्रेमद्धारा जित्नु सक्नु आजको आवश्यक रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*