महिला कल्याणको २१ औं बार्षिक साधारण

जनपत्र
४ आश्विन २०७६, शनिबार ०६:४९

हेटौंडा । मकवानपुर गढी गाउपालिका ५ मा रहेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिगतको दुई दशकमा पुंजी सीप उन्नत प्राबिधिक युक्त समाज निर्माणमा सहकारीले धेरै सहयोग गरेको अध्यक्ष सुलोचना स्याङ्तानले बताईन । आफ्नो घरखर्च चलाउन समस्यामा रुमलिदै आएका महिलाहरु अहिले आफ्नो गर्जो टार्न, विभिन्न सभा,समारोहहरुमा निर्धक्कले सहभागी हुन सक्ने हैसियतमा पुगेको अध्यक्ष स्याङ्तानले बताईन ।

कार्यक्रममा मकवानपुर गढी गाउपालिका अध्यक्ष बिदुर हुमगाईंले सहकारीको सिद्धान्त अनुसार चलेका सहकारीको सधैं सफलता हुने बताए । सहकारीमा आर्थिक पारदर्शिता सबैभन्दा बढी चर्चामा आउने गरेको स्मरण गराउदै अध्यक्ष हुमगाईंले महिलाद्वारा संचालित सहकारीहरुको क्षमता बिकासमा अझै ध्यान दिनुपर्ने बताए ।

सहकारीमा ९० वटा समूहहरुमा १ हजार १ सय ८३ जना शेयर सदस्यहरु रहेका छन् । जसमा २३ वटा बाल समूहहरू रहेका छन् ।
साधारण सभामा अध्यक्ष स्याङ्तानले संस्थाको प्रतिबेदन, सचीव सरिता ढुंगानाले प्रगति प्रतिबेदन, कोषाध्यक्ष ज्ञानु दाहालले आर्थिक प्रतिबेदन प्रस्तुत गरिका थिए । सहकारीमा आर्थिक बर्ष २०७४र०७५ बाट २०७५र०७६ मा १४ प्रतिशत शेयर पुँजिबाट वृद्धि गर्न सफल भएको कोषाध्यक्ष दाहालले बताईन । संस्थाले पछिल्लो आब २०७५र०७६ मा ६२ हजार लाख १० हजार रकम वृद्धि गर्दै ५ करोड ७५ लाख,२६ हजार बराबरको आर्थिक कारोबार गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

साधारण सभाले जेष्ठ सदस्यको रुपमा दिलकुमारी न्यौपाने र सितामाया गिरि, उत्कृष्ट बचत कर्तामा मनमाया तिमल्सिना र रिताकुमारी तिमल्सिना, उत्कृष्ट ऋणिमा बिष्णुहरिमाया घिमिरे र बन्दामाया बल, सफल ब्यवसायी कमला अधिकारी, उत्कृष्ट छात्राहरुमा शारदा माबिकि कृतिका हुमगाई र जाल्पादेबी माबिकी सर्मिला न्यौपाने, उत्कृष्ट महिला समूह अन्तरगर पशुपति महिला समूह र उत्कृष्ट बाल समूहमा ज्योती बाल समूह डुम्रेकुनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला बचत संघ कोषाध्यक्ष कल्पना श्रेष्ठ, ग्रामीण महिला सेवा केन्द्र अध्यक्ष लक्ष्मी मोक्तान गढी गाउपालिका (६ वडा अध्यक्ष टीका दाहाल,गढी गाउपालिका स्तरीय सहकारी सन्जालका दिर्घ थापा, शारदा माबिका अध्यक्ष बिष्णु दंगाल, प्रध्यनाध्यापक इन्द्रबहादुर कार्कीलगायतले सहकारीको सफलता बार चर्चा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*