लागू औषधका थुनुवाले भरियो नेपालगञ्‍ज कारागार

जनपत्र
४ आश्विन २०७६, शनिबार ०६:१५

नेपालगञ्‍ज कारागार लागू औषधका थुनुवाले भरिएको छ। कारागारमा अहिले ७ सय ४६ जना बन्दी रहेका छन्। कारागारको क्षमता भन्दा तेब्बर बन्दी भइसकेका छन्। नेपालगञ्ज कारागारको क्षमता दुई सय पचास जनाको हो।

अहिले त्यहाँ लागू औषधकै दुई सय ६७ जना बन्दी छन्। कारागारको क्षमता अनुसार बन्दी राखेको भए नेपालगञ्ज कारागारमा लागु औषधकै बन्दी अट्दैनथे। जेलर भरत पाण्डेका अनुसार, ७ सय ४६ जनामध्ये ५६ जना महिला छन्। महिला बन्दीसँग आएका दुई बच्चा पनि छन्। कारागारमा जबरजस्ती करणीका ८२ र कर्तब्य ज्यानका ८० जना बन्दी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*