परपुरुषसँग मिलेर श्रीमानको हत्या, सेप्टिक ट्यांकीमा शव फेला

परपुरुषसँग मिलेर श्रीमतीले पतिको हत्या गरेर फालेको अवस्थामा प्रहरीले सेप्टिक ट्यांकीबाट शव बरामद गरेको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका(३ घोडपालीका ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति ‘तारा’ भनिने रविन्द्र पाण्डेको अर्का एक जना पुरुषसँग मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
मृतक पाण्डेको शव घरनजिकै रहेको हरि सुशील प्राविको सेप्टिक ट्यांकीबाट शुक्रबार प्रहरीले बरामद गरेको हो। मृतक पाण्डे विगत १५ दिनदेखि घरबाट हराएको भन्दै आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।
हराएको दुई सातासम्म उनको अवस्थाबारे जानकारी नआएपछि पाण्डेकी श्रीमतीसँग स्थानीय महिलाहरूले बारम्बार सोधखोज गरेका थिए। त्यसक्रममा मृतक पाण्डेकी श्रीमती सरस्वतीले शंकास्पद कुरा गर्न थालेपछि प्रहरीले स्थानीयको सहयोगमा उनलाई पक्राउ गरेको थियो।