विश्वकपमा नेपाल कुनै पनि टोलीलाई हराउन सक्षम : रोहित पौडेल

जनपत्र
११ जेष्ठ २०८१, शुक्रबार ११:२१

अमेरिका (ह्युस्टन) । दोस्रो टी–२० आई खेलमा बिहीबार घरेलु टोली अमेरिकाले टेस्ट टोली बंगलादेशलाई ६ रनले हरायो । ह्युस्टनमा रहेको प्रेरी भ्यू कम्पलेक्स मैदानमा १४५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १३८ रनमा अल आउट भएको थियो ।

तीन टी–२० आई खेलको सिरिजमा पहिलो खेलमा अमेरिकाले बंगलादेशलाई ५ विकेटले हराएको थियो ।

बंगलादेशमाथि अमेरिकाको दुबै जितले नेपाल उत्साहित छ । त्यसको मुख्य कारण दुई सातापछि अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप हो । समूह डी’मा नेपाल, नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका छन् । नेपालले शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्ने लक्ष्य राखेको छ ।

सुपर–८ मा पुग्न नेपालले कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । अमेरिकाको नतिजाले बंगलादेशमाथि जित निकाल्न सक्ने नेपाली खेलाडीको आत्मविश्वास बढाएको छ । नेपालका कप्तान रोहित पौडेल आफूहरु कुनैपनि टोलीलाई हराउन सक्षम भएको बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*