मकवानपुर गढीमा नेपाली भण्डा फहरायो
हेटौंडा । मकवानपुर गढी गाउँपालिका र सबै वडाहरुमा आज संबिधान दिवसका अवसरमा झण्डातोलन गरिएको छ । गढी दरवार र वडा कार्यालयहरुमा झण्डातोलन गरिएको गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो ।
संबिधान दिवसका अवसरमा गढीमा सबै क्षेत्रबाट देखिनेगरी झण्डा राखिएको र गढीमा पहिलेको झण्डा फेरीएको अध्यक्ष हुमागाईले वताउनुभयो । संबिधान दिवसलाई मकवानपुरका स्थानीय तहहरुले फरक–फरक तरिकाले मनाउने कार्यक्रम अनुसार गढीमा भने झण्डातोलन गरिएको हो । गढीमा अग्लो स्थानमा राखिएको नेपाली झण्डा फहराई रहेको छ ।




