सास्कृतिक एवम् बहुभाषिक एकता हाम्रो पहिचान– बागमतीका मन्त्री थपलिया

जनपत्र
१० जेष्ठ २०८१, बिहीबार १३:१६

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बुद्ध जयन्ती एवम् उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

बिहिवार एक सन्देश जारी गर्दै मन्त्री थपलियाले सन्देशमा भन्नुभएको छ ूनेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधतापुर्ण मुलुक हो । विविध सास्कृतिक एवम् बहुभाषिक एकता नै हाम्रो पहिचान हो ।ू

मन्त्री थपलियाले बुद्ध जयन्ती एवम् उभौली पर्वले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भातृत्व एवम् राष्ट्रिय एकताको भावना बढाउने विश्वास गर्नुभएको छ। देशभित्र मनाईने विभिन्न धार्मिक चाडपर्वहरु, कला एवम् संस्कृतिले विविधतावीच नेपाली समाजलाई एक सुत्रमा बाधेको उहाँले बताउनुभयो ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेका भन्दै शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरूको महत्व विगत देखि नै दिननुदिन बढ्दै गैरहेको धारणा राख्नुभएको छ ।

उहाँले भन्नुभयो “समृद्ध नेपाल सुखी नेपाली ” को राष्ट्रिय संकल्प पुरा गर्न प्रदेश सरकार दृढतापुर्वक लागिरहेको छ । हामी सबैको ईमान्दार प्रयास, मेहनत र प्रतिबद्धताबाट नेपालमा सङ्घीयता संस्थागत हुँदै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*