विमानमा हुने ’टर्ब्युलन्स‘ के हो, कसरी उत्पन्न हुन्छ ?

लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमानमा टर्ब्युलन्स उत्पन्न भएपछि एक यात्रुको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।
टर्ब्युलन्स उत्पन्न भएपछि सिङ्गापुर एअरलाइन्सको उक्त विमान आकाशमा अकस्मात् निकै तल पुगेको थियो। त्यस क्रममा विमानभित्र यात्रु र सामानहरू उछिट्टिएका थिए।
उक्त विमानले थाईल्यान्डको ब्याङ्ककमा आकस्मिक अवतरण गरेको थियो।
टर्ब्युलन्स के हो र कसरी उत्पन्न हुन्छ ?
हवाई यात्रा गर्दै आएका मानिसहरूले विमान ’टर्ब्युलन्स ‘ मा फस्दा अकस्मात् हुत्तिएको र हल्लिएको अनुभव गरेका हुन्छन्। टर्ब्युलन्सले उडिरहेको विमानलाई हल्लाइदिन र अकस्मात् उचाइ फेरिदिन सक्छ।
अधिकांश टर्ब्युलन्स बादलमा उत्पन्न हुन्छ। बीबीसी वेदरका साइमन किङका अनुसार बादलभित्र वायुले तल वा माथि धकेलिरहेको हुन्छ।
प्रायः वायुको त्यस्तो प्रवाह सामान्य खालको हुन्छ। यद्यपि मेघगर्जन गराउन सक्ने ठूला बादलहरूमा वायुको चर्को प्रवाह हुँदा मध्यम वा कडा टर्ब्युलन्स उत्पन्न हुन सक्छ।
बादलबिनै पनि टर्ब्युलन्स उत्पन्न हुन सक्छ। त्यस प्रकारको टर्ब्युलन्सलाई ुक्लिअर एअर टर्ब्युलन्सु भनिन्छ। देख्न र पत्ता लगाउन नसकिने हुँदा यस प्रकारको टर्ब्युलन्स निकै समस्याकारक हुन्छ।
क्लिअर एअर टर्ब्युलन्स जेट स्ट्रीमु अर्थात् तीव्र गतिमा बहेको वायुको आसपास उत्पन्न हुने उड्ड्यनविद् तथा विमानचालक गाइ ग्रेटन बताउँछन्। उनका अनुसार ४०,००० देखि ६०,००० फीटको उचाइमा वायु त्यस्तो अवस्थामा रहन्छ।
बिबिसी