फिनल्यान्डले नेपाललाई दिने भयो करिब २ अर्ब अनुदान

काठमाडौं । फिनल्यान्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका छन् ।
गत ३ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो ।