मकवानपुरको विकट चेपाङ बस्तीमा संविधान दिवसको कार्यक्रम

जनपत्र
३ आश्विन २०७६, शुक्रबार ०६:०१

हेटौंडा । मकवानपुरको विकट चेपाङ बस्तीमा संविधान दिवसको अबसरमा ¥यालीसहितको कार्यक्रम गरिएको छ । राक्सिराङ गाउँपालिका वडा नं ७ स्थित जुरेथुम आधारभूत विद्यालयमा जुरेथुम बाल क्लवको आयोजनामा आधारभूत तहको बक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरिएको हो । लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालको सहयोगमा आयोजना भएको कार्यक्रममा वडा नं ६, ७ र ८ का १२ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

तीमध्ये जुरेथुम आधारभूत विद्यालयकी ख्रिष्टिना मुक्तान प्रथम, राष्ट्रिय मावि सिलिंगेका निराजन चेपाङ द्वित्तीय र जुरेथुम आधारभूत विद्यालयकी सुनिता थिङ र राष्ट्रिय आधारभूत विद्यालय जुरेथुमका प्रेमबहादुर चेपाङ तृत्तीय भएका थिए ।

बिजयी सबैलाई राक्सिराङ गाउँपालिका ७ नं वडाध्यक्ष कुलबहादुर चेपाङले पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।
कार्यक्रमअघि विद्यार्थी, जनप्रतिनिधि, शिक्षक, गैरसरकारी संस्थाकर्मीहरु सम्मिलित ¥याली निकालिएको थियो । ¥यालीमा सहभागीहरु सबैले नेपालको झण्डा बोकेका थिए ।

कार्यक्रममा आधारभूत विद्यालय जुरेथुमका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल लामा र लिसा हिमालय इभीको कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेलले संविधान दिवसको सान्दर्भिकताका बारेमा मन्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*