मेलमिलाप कर्ताहरुको लागी न्यायिक समितिको अधिकार एवं कार्यविधि सम्वन्धी प्रशिक्षण
हेटौंडा । अक्सफाम नेपाल तथा नारी सिप सृजना केन्द्रको संयुक्त साझेदारीतामा संचालित राजनितिमा महिलाको सहभागीता तथा नेतृत्व विकाश परियोजना अन्तर्गत मकवानपुरका दश वटै स्थानिय तहका मेलमिलाप कर्ताहरुको लागी प्रशिक्षण दिइएको छ । न्यायिक समितिको अधिकार एवं कार्यविधि सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा स्थानिय स्तरमा गठित न्यायिक समितिको अधिकार तथा कार्यविधि र जनप्रतिनिधिहरुको भुमिका जिम्मेवारी तथा कार्यसम्पादनको अधिकार संगसंगै न्यायिक समितिमा पालना गर्नु पर्ने विषयमा अधिवक्ता मन प्रसाद भट्टराईबाट सहजिकरण भएको उक्त प्रशिक्षण कार्यक्रममा २५ जना मेलमिलापकर्ता महिलाहरुको सक्रिय सहभागीतामा रहेको थियो ।