डेंगु भगाउन मन्त्री दुलालनै निस्कीए हेटौंडाका सडकमा

जनपत्र
२ आश्विन २०७६, बिहीबार १८:५४

हेटौंडा । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको नेतृत्वमा आज हेटौंडामा डेंगुबारे जनचेतना जगाउनका लागि सचेतना ¥याली निकालीएको छ । सामाजिक बिकाश मनत्रालयले प्रत्यक हप्ताको सनिवार हरेक जिल्लामा डेंगुबारे सचेतना जगाउनका लागि बिभीन्न कार्यक्रम गर्न परिपत्र गरेको छ । त्यही अुनरुप आज मन्त्री दुलालको नेतृत्वमा हेटौंडामा सबिभीन्न संघसंस्थाको सहभागितामा ¥याली िनकालीएको हो । र्याली हेटौँडाको पल्पसा सभागृहबाट शुरु भई बुद्ध चोकमा पुगेर समापन भएको हो ।


र्यालीपछि बुद्धचोकमा सरसफाई समेत गरिएको थियो । र्यालीमा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतको सहभागिता रहेको थियो ।

रेयालीमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, मकवानपुरका लायन्स क्लव, रोटरी क्लव, चुरेहिल हस्पिटल, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर, जेसीज, रोट्रयाक्ट क्लव, लियो क्लव, पशुपति हेल्थ क्लव, टोल विकास संस्था नगर समन्वय समिति लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*