हेटौंडामा जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा फुर्वा पूजा हुने

हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा, बेलडाँडामा रहेको जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा पहिलो पटक विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ ।
बिहिबार गुम्बा परिसरमा पत्रकार भेटघाटको आयोजना गर्दै गुम्बा व्यवस्थापन समितिले यस बारेमा जानकारी गराएको हो। पत्रकार भेटघाटमा बोल्दै गुम्बाको ब्यबस्थापन समितिका अध्यक्ष तथा फुर्वा पुजा कार्यक्रम संयोजक डोल्मा स्याङबोले देशमा हत्या हिंसा, अशान्ति बढेको भन्दै सम्पूर्ण प्राणीहरुको उद्धारको निम्ति असोज १५ गतेबाट १८ गतेसम्म विश्वशान्ति तथा फुर्वा पूजाको आयोजना गरिएको बताइन।
भवन निर्माण तथा गुम्बा संरक्षण को उदेश्यले पनि गर्न लागेको विश्वशान्ति तथा फुर्वा पूजाको लागि भारतको देहरादुनबाट धर्मगुरु ज्ञान बज्र रेम्पोर्छे सहित लामाहरू आउने संयोजक स्याङबोले बताइन।
आयोजकले जनाए अनुसार असोज १५ गते बिहान ९ बजे विश्व शान्ति तथा फुर्बा पुजाको उदघाटन कार्यक्रम रहेको त्यसैगरी असोज १६ र १७ गते दुइ दिन फुर्बा पुजा सम्बन्धी पुजा पाठ हुने र असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिको संयोजक रमेश थिङ तामाङले जानकारी दिए।
पत्रकार भेटघाटमा गुम्बा प्रमुख लामा लिरन दोर्जे सिङतान लामा, पत्रकार महासंघ प्रदेश ३ महासचिव कृष्ण सारु मगर, महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं लगायतक गुम्बा व्यस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। पुजा संपन्न गर्नका लागि गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष डोल्मा स्याङ्बोको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाइएको छ।