हेटौंडा र मनहरीका किसान तरकारी खेती र पशुपालनमा आकर्षित

तालिम लिएपछी व्यावसायीक रुपमा तरकारी खेती र पशुपालन गर्न थालेका हुन् ।
जनपत्र
२ आश्विन २०७६, बिहीबार १७:४८

हेटौंडा । मकवानपुरको हेटौंडा र मनहरी गाउँपालिकाका किसान तरकारी खेति र पशुपालनलाई व्यावसायीक रुपमा अगाडी वढाउँदै लगेका छन् । पहिले निर्वाहमुखी खेती गर्ने र एक दुईवटा मात्र पशुपालन गर्ने किसानहरुले व्यावसयाीक रुपमा काम गर्न थालेका छन् ।

हेटौंडा १६ हटिया र मनहरी गाउँपालिका वडा नम्बर ३ कौगेडी दमारका स्थानीय वासीन्दाहरु तरकारी खेति र पशुपालनलाई प्राथमिकता दिएका हुन् । नारी सीप सृजना केन्द्र नेपालको आयोजना तथा आओ इन्टरनेस्नलको सहयोगमा मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवर्दन परियोजना अन्तरगत आज गरिएको अनुगमनका क्रममा यहाँका किसानहरु व्यावसायीकता तर्फ उन्मुख भएको देखिएको हो ।

नारी सिप सृजना केन्द्रले दिएको तालिम र त्यसपछी तरकारी खेतिगर्नका लागि बिउ दिएपछी बोडी, काक्रो, गोलभेडा लगाएतका तरकारी र फलफूल खेति गरेर रामै्र आमदानी लिन सफल भएको हेटौंडा १६ हटियाकी निर्मला बिस्वकर्मा वताउनुहुन्छ । यसैगरी राममायाँ तामाङले पनि आफ्नो भए भरको जग्गामा तरकारी खेति गरेर बिक्री समेत गर्नुभएको छ । यस क्षेत्रका आईती मायाँ रुम्वा, राममायाँ तामाङ, निर्मला बिक, सेती मायाँ रुम्वाले पनि तरकारी खेति र पशुपालन गरेर आमदानी लिन थाल्नुभएको छ ।

नारी सिपले हटियामा किसानको क्षेत्रमा वा जुनसुकै क्षेत्रमा काम गर्दा पनि पुर्व स्वीकृति र सहमतीका साथ काम गर्ने गरेको हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाले वताउनुभयो । अवका दिनमा पनि सहकार्य गरेर काम गर्नका लागि स्थानीय सरकार तयार रहेको उहाँले वताउनुभयो ।

यस क्षेत्रको अरुण सामुदायिक छलफल केन्द्रका महिलाहरुका लागि नारी सिपले तालिम दिएर तरकारीको बिउ, तरकारी खेती गर्ने तरिका, पशुपालन गर्नेका लागि तालिम समेत दिएको नारी सिप सृजना केन्द्रका अध्यक्ष सरस्वती वतौलाले जानकारी दिनुभयो । यस क्षेत्रका ६ जनाले तालिम प्राप्त गरेका छन् ।

मनहरी र हेटौंडाका १० जनालाई सिटीभिटीबाट मान्यता प्राप्त बिभीन्न तालिम दिइएको छ । नारी सिप सृजना केन्द्रका सञ्चालक समिति तथा पत्रकारहरुले आज हटिया र मनहरी गाउँपालिकाको वडा नम्बर ३ मा गरिएको कामका बिषयमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टले नारी सीपले गाउँपालिका संग सहकार्य गरेर लक्षित वर्ग सम्म पुगेर काम गरेको वताउनुभयो । मनहरी ३ कौगेडी दमारका किसानहरुले पनि तालिम प्राप्त गरेपछी तरकारी खेति र पशु पालनलाई प्राथमिकताका साथ काम गरेको अध्यक्ष वतौलाले वताउनुभयो । अनुगमनमा नारी सिपका उपाध्यक्ष सिता अधिकारी, सचिव कल्पना बिश्वकर्मा, कोषाध्यक्ष रेणु गुरुङ, कार्यकारी निर्देशक चिरन्जीबि पौडेल, फिल्ड संयोजक कविता बिडारी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*