बढी शुल्कको बिरोधमा विद्यार्थी आन्दोलित : चितवन मेडिकल कलेजमा १६ दिनदेखि पढाइ ठप्प

जनपत्र
२ आश्विन २०७६, बिहीबार ०५:५९

चितवन मेडिकल कलेज ‘सीएमसी’ मा विभिन्न माग राखी विद्यार्थीहरु आन्दोलनमा रहेका छन् । चिकित्सा शिक्षामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु १६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । पठनपाठन ठप्प भएको छ ।

भर्ना शुल्क सरकारले तोकेअनुसार हुनुपर्ने मुख्य माग विद्यार्थीले राखेका छन् । विद्यार्थीले कलेजमा बुझाएको ज्ञापनपत्रअनुसार डेन्टल साइन्सको हकमा ७ वटा र चिकित्सा शिक्षा अध्ययन सम्बन्धमा ६ वटा माग पेस गरेका छन् । छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थीसँग कुनै पनि शुल्क लिन नहुने माग उनीहरुको छ ।

सरकारले तोकेको भन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम कलेजले लिने गरेको विद्यार्थीहरुले बताउँदै आएका छन् । यसरी लिएको रकम तत्काल फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*