मुस्ताङको स्याउ बजारमा, खरिदका लागि व्यापारी बोटमै

स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित स्याउ नेपाली बजारमा आउन थालेको छ । मुस्ताङ जिल्लाको विभिन्न स्थानमा कृषकहरुले व्यावसायिक रुपमा उत्पादन गरेको स्याउ बजारमा पुगेको हो ।
स्याउ पाकेपछि मुस्ताङका कृषकको बगैँचामा अहिले देशका विभिन्न स्थानबाट व्यापारीहरु खरिद गर्न पुगेका छन् । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित विभिन्न बजारमा पुग्ने गरेको छ । कुल १ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा स्याउ खेति गरिएकोमा ३ सय ७० हेक्टरमा लगाएको स्याउले उत्पादन दिएको छ ।