मकवानपुरका सांसदको ब्यंग्य – डेंगु नियन्त्रण गर्न लामखुट्टेश्वर महादेव स्थापना गरौं

जनपत्र
१ आश्विन २०७६, बुधबार १८:०१

मकवानपुर / नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव स्थापना गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन् ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि कुनै औषधी पत्ता नलागेको र हामीभन्दा साधनस्रोत सम्पन्न मुलुकमा पनि डेंगु नियन्त्रण नभएको बताएपछि उनले अब देवीदेवता गुहार्नुपर्ने बताएका हुन् ।

हामीकहाँ चलन पनि छ, काहीँ उपाय नलागेपछि देवी देवता गुहार्ने, चलन मात्र होइन प्राक्टिस पनि छ, पुरानो संसद भवनमा संसदेश्वर महादेव स्थापना भएको छ, संसदमा तलमाथि नहोस् भनेर, मेरो गाउँ ठिंगनमा लटरमेश्वर महादेव छ, फलफूल लटरम्म होस् भनेर, सन्तानका लागि सन्तानेश्वर महादेव पनि छ’ उनले भने ‘हामीले किन लामखुट्टेश्वर महादेव स्थापना गरेर अभियान किन सुरु नगर्ने, डेंगु नबढोस् भनेर, यसतर्फ पनि ध्यान जाओस् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*