बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल

जनपत्र
१ आश्विन २०७६, बुधबार १७:०८

हेटौंडा । प्रदेश नम्बर–३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास नहुने वताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘विज्ञान प्रबिधि र नव प्रर्वदन, सामाजिक आर्थिक रुपान्तरण’ भन्ने नाराका साथ सातौं बिज्ञान दिवस २०७६ को अवसरमा आयोजित विज्ञान र प्रबिधि बिषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन् गर्दै उहाँले मुलुकमा आर्थिक समृद्धी हासिल गर्न बिज्ञान आवस्यक्ता रहेको वताउनुभयो ।

प्रदेशले युवा बैज्ञानीक पवर्दन कोष स्थापना गरेको र त्यसबाट काम गर्नका लागि रकम जम्मा गरिएको उहाँले वताउनुभयो । सबैले आफ्ना लागि मात्र काम गर्ने गरेको वताउँदै उहाँले भन्नुभयो–बिज्ञानको नेपालमै पनि आफ्ना लागि मात्र काम गर्ने चलन छ । अव बिस्तारै देशका लागि पनि काम गर्नुपर्छ । देशलाई केन्द्रीत गरेर काम नगरेमा विकास हुँदैन ।’ बिज्ञान दिवस मनाई रहँदा यस क्षेत्रमा काम गर्ने वहस पनि सुरु भएको वताउनुभयो ।

कार्यक्रममा सामाजिक विकाश मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीले विज्ञानको क्षेत्रमा नयाँ काम गर्नका लागि युवा बैज्ञानीक कोष राखिएको वताउनुभयो । यसैगरी प्रदेश शिक्षा विकास निर्देशनालय हेटौंडाका निर्देशक चन्द्रप्रसाद लुईटेलले बिज्ञान पढ्नेले आवीस्कारमा ध्यान दिनुपर्ने वताउनुभयो । नेपाललाई सक्षम बनाउन प्रबिधिले मात्र संभव भएको वताउनुभयो । कार्यक्रममा हेटौंडाका बिभीन्न बिद्यालय र क्याम्पसका बिज्ञान अध्ययन गर्ने बिद्यार्थी, शिक्षकहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*