अरुण नदीमा जिप खस्यो, सबै ६ यात्रु बेपत्ता

संखुवासभाको अक्कर भीरबाट एउटा बोलेरो जिप अरुण नदीमा खसेको छ। हिजो मंगलबार राति साढे १० बजेतिर खसेको उक्त जिपमा सवार सबै ६ जना बेपत्ता छन्। उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रहरीका अनुसार को. १ ज ३७४९ नम्बरको बोलेरो जिप निकै तीव्र गतिमा थियो। प्रहरीले रोक्दा पनि नरोकेर तीव्र गतिमा जिप कुदेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अहिले नै क्षति विवरणबारे यकिन भन्ने अवस्था छैन। जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थलतर्फ गइसकेको छ।
जिप खाँदबारीबाट बिरामी लिएर धरानतिर जाँदै थियो। स्थानीयका अनुसार जीपमा ६ जना सवार थिए र सबै अहिलेसम्म सबै वेपत्ता छन्। नेपाल न्युजबाट ।